सुचना, समाचार र मनोरन्जन
Pdms

नदिपुरमा संचालित श्रीमद्भागवत महापुराणको कथा श्रवणमा भक्तजनको राम्रो उपस्थिती

महायोगी सिद्ध वावा आध्यात्मिक प्रतिष्ठान नारायणस्थान नदिपुर ,पोखरा शाखामा चलिरहेको चतुर्मास व्रत अनुष्ठान का साथै हिजोवाट शुरु भएको श्रीमद्भागवत कथा आज दोस्रो दिन पनि धेरै संख्या मा श्रोताहरूले श्रवण लाभ लिएका छन।

अनन्त श्री श्री १००८ श्री वैष्णव महन्त श्री हरि शंकर दास वेदान्तीूजी महाराज को श्री मुखवाट वाचन भैरहेको उक्त श्रीमद्भागवत कथा श्रवण गर्न हिजोको कार्यक्रममा पोखरा महानगरपालिकाका प्रशासकीय अधिकृत श्री हेम प्रसाद आचार्य तथा पूर्वाधार महाशाखा प्रमुख बिमल रञ्जन कार्की ज्यूको विशेष उपस्थिती रहेको थियो।

अनन्त श्री विभूषित आध्य जगत गुरु श्री रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य जी महाराज (महायोगी सिद्ध वावा) को सङ्कल्प मा एक महिनाअघिवाट सञ्चालित उक्त अनुष्ठान मा आज पनि थुप्रै संख्या मा ग्रहउपचारका साथै रुद्राभिषेक, हवन गरेर भक्त हरुले पुण्य लाभ लिएका छन। त्यस्तै आज श्रावणको अन्तिम सोमबार लघुरुद्रि कर्ताहरु तथा चतुर्मास को अनुष्ठान कर्ताहरु ३८ जनाले पूजामा सहभागिता जनाएर आफ्नो शारीरिक, मानसिक तथा आध्यात्मिक लाभ हासिल गर्नेछन। भागवतकर्ताहरूले बिहान ६ बजेदेखि नै पूजा अर्चन तथा संकल्प गरी भागवत श्रवण गर्नेछन् भने श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा आयोजित श्रीमद्भागवत महापुराण कथावाचन पश्चात सन्ध्याकाल आरती र श्रीकृष्णको झोला गायन श्रीकृष्ण जन्माष्टमीसम्म निरन्तर चलिरहने छ । आफ्नो शारीरिक तथा आत्मिक उन्नतीको लागि महायोगको यो सर्वाङ्गीण कार्यक्रम मा आफूलाई सहभागी गराउन पनि आग्रह गरिन्छ।

 

Leave A Reply

Your email address will not be published.