सुचना, समाचार र मनोरन्जन

भक्तपुरका एक सय वर्ष पुगेका हरिलाल पंच सम्मानित

भक्तपुर :

एक सय वर्ष पुगेका हरिलाल पंचलाई भक्तपुरमा सम्मानित गरिएको छ। शनिबार उनलाई उनकै परिवारका सदस्यहरुले गठन गरेको पंच मु दवु (समूह)को दोश्रो वार्षिक भेला तथा बनभोज कार्यक्रमको आयोजना गर्दै सम्मान गरिएको हो। उनलाई संस्कृतिविद् रत्न सायमी र दवुका अध्यक्ष दुरुकाजी पंचले दोसल्ला ओढाई प्रमाणपत्र प्रदान गरी सम्मान गरेका हुन्।

Chaka Panja

कार्यक्रममा संस्कृतिविद् सायमीले एक सय वर्ष पुगेका मानिस हाम्रो लागि गर्वको विषय भएको बताउर्दै नाति सरहको आफूले एक सय वर्ष पुगेका हजुरबुबा जस्तो मानिसलाई सम्मान गर्न पाउनु आफनो लागि गौरबको विषय भएको बताए।

उनले एक सय वर्ष मात्रै होइन, ८० वर्ष उमेर पुगेका मानिसका अनुभब लिपिबद्ध गरी पुस्तकका रुपमा प्रकाशन गर्न सके भावी पुस्ताको लागि उपयोगी हुने बताए। सम्मानित हरिलाल पंचको जन्म १९८१ मंसिर १९ गते भएको थियो। उनले गएको मंसिर १९ गते ९९ वर्ष पूरा गरी एक सय वर्ष प्रवेशको अवसरमा जन्मदिन मनाएका थिए ।

Leave A Reply

Your email address will not be published.