सुचना, समाचार र मनोरन्जन

भक्तराज आचार्यप्रति श्रद्धाञ्जली दिन पुगे कलाकारदेखि राजनीतिकर्मीसम्म

काठमाडौं :

सोमबार निधन भएका वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति कलाकार, राजनीतिज्ञ, समाजसेवी र सर्वसाधारणले श्रद्धाञ्जली व्यत्तका लागि भिड लागेको छ। बिहानदेखि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि सानो गौचरणस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान अगाडि ठुलो मात्रामा संगीतकर्मीको भिड लागेको छ।

Pach Pandav

प्रधानमन्त्री पुष्पककमल दाहाल,एमाले अध्यक्ष केपी शर्मा ओली,संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती,नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, प्रतिष्ठानकी कुलपति निशा शर्मा लगायत राजनीतिकर्मीको उपस्थिति रहेको छ भने कलाकारहरु नीर शाह, हरिहर शर्मा, हरिवंश आचार्य, दीपाश्री निरौला, शम्भुजीत बासकोटा लगायत पुप्रै कलाकर्मी उपस्थित छन्।

फिल्म अभिनेता, संगीतकर्मी र सर्वसाधारणले आचार्यको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्। केहि संगीतकर्मीहरुले उनका कालजयी गीतहरु सुनाएका छन्। ८२ वर्षीय आचार्य लामो समयदेखि बिरामी रहेका थिए । सोमबार उनको अक्सिजन लेवल कम भएपछि अस्पताल लैजादै गर्दा बाटोमा निधन भएको थियो।

भजन शिरोमणिको रुपमा सुप्रसिद्ध आचार्यलाई आजै दिउँसो पशुपति आर्यघाटमा राष्ट्रिय सम्मान सहित दाहसंस्कार गरिने नेपाल संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.