सुचना, समाचार र मनोरन्जन

अभिनेत्रीले नन्दिता केसीले अमेरिकाकै डाक्टर अरविन्द्रसँग लगन गाँठो कस्दै

काठमाडौं :

नेपाली चलचित्र क्षेत्रबाट लामो समय अलग रहदै आएकी अभिनेत्री नन्दिता केसी वैवाहिक जीवनमा बाँधिने भएकी छन् । यहि फागुनको १९ गते उनले विवाह गर्न लागेकी हुन् । अभिनेत्री केसीले आफ्नो सामाजिक संजालमार्फत केहि तस्विर पोष्ट गर्दै उक्त जानकारी दिएकी छन्।
उनले लेखेकी छन्,‘जीवनको नयाँ यात्राको सुरुवात । मैले, हुन्छ भने…।’

Pach Pandav

अभिनेत्री केसीले अमेरिकामा नै बसोबास गर्दै आएका डाक्टर अरविन्द्र कटवालसँग बिहे गर्न लागेकी हुन् । उनी कार्डियोलोजिस्ट हुन्। कटवालसँग उनको केही महिना अगाडि मात्र भेट भएको थियो। उनीहरुबीच चिनजान बढेपछि मागी विवाह गर्न लागेका हुन्।

अभिनेत्री केसीले ‘इन्द्रेणी, कैफियत, बाटोमुनिको फूल, हामी तीन भाई, युगदेखि युगसम्म, निशाना, जङ्गबहादुरको कोट, सपना, मृगतृष्णा’ लगायत थुपै फिल्ममा अभिन गरेकी छन् । नन्दिता गायक बाबु बोगटीको ‘सान्नानी तिमीलाई’ बोलको गीतमा अभिनय गरेपछि चर्चामा आएकी थिइन्।

Leave A Reply

Your email address will not be published.