सुचना, समाचार र मनोरन्जन

नीता र हरिहरको फिल्म ‘ह्रस्वदीर्घ’को क्यानडा र अमेरिकी राइट बिक्री

काठमाडौं :

अभिनेत्री नीता ढुंगानाले निर्माण गरेको फिल्म ‘ह्रस्वदीर्घ’को विदेशी राइट धमाधक बिक्री हुन थालेको छ। सुटिङ सकिएको केहि दिनमा नै यो फिल्मलाई क्यानडा र अमेरिकाका लागि राइट बिक्री भएको हो।

यसलाई उत्तर अमेरिकामा एभरेस्ट इन्टरटेनमेन्ट तथा इ–पिक इन्टरटेनमेन्टले रिलिज गर्ने भएका हुन् । आगामी असोज ११ गते रिलिज मिति तोकिएको यो फिल्ममा चन्द्र पन्तको निर्देशन रहेको छ। अमेरिका र क्यानडामा रमेश भट्टको एभरेस्ट र अभिजित राईको इ–पिक इन्टरटेनमेन्टले प्रदर्शन गर्न लागेको फिल्मको छायांकन अगावै चर्चा भएको थियो। अझ झन् यो फिल्म विश्वब्यापी नेपाली र तेलुगु भाषामा रिलिज हुनेभएपछि निर्माण टिम उत्साहित बनेका छन्।

हालै निर्माताद्धारा जारी वक्तव्यमा विदेशी राइट बिक्री भइरहेको उल्लेख गरिएको छ । यसअघि यो फिल्मलाई जापान र दक्षिण कोरियामा बिक्री भइसकेको छ। नेपाली र भारतीय कलाकार समावेश यो फिल्मको सुटिङ गतमहिना चितवन आसपासमा भएको थियो ।

फिल्ममा ब्रम्हानन्दम, अलि र ‘गजनी’ फिल्मका अभिनेता विजय रावत यो फिल्ममा छन् । नीता ढुंगानासहित हरिहर अधिकारी, सरोज खनाल, गरिमा शर्मा, संचिता लुइँटेल, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, बिपना थापा, रविन्द्र झा पनि यसमा छन्।

Leave A Reply

Your email address will not be published.