सुचना, समाचार र मनोरन्जन

फिल्म ‘अगस्त्य’बाट निकै उत्साहित छन् सौगात, मलिका र नाजिर

काठमाडौं :

शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘अगस्त्य’को प्रचारप्रसार व्यापक भइरहेको छ। सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको एक्सन जनराको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन र मलिका महतको चर्चा छ। यस फिल्मबाट अभिनेता सौगात मल्ल आशाबादी देखिएका छन्।

उनका अनुसार फिल्मको ट्रेलरमा देखाइएको भन्दा अझै धेरै कुरा फिल्ममा रहेको छ । यस अघि रिलिज भएको अभिनेता सौगातको फिल्म ‘हात्तीछाप’व्यावसायिक रुपमा असफल भएता पनि उनको चर्चा भएको थियो। उनका नजरको यो फिल्म निकै राम्रो बनेको र दर्शक निराश नहुने तर्क गरेका छन्। यसै कारण उनी यो फिल्मको प्रचारप्रसारमा आफै व्यापक लागेका छन्। केहि हलमा बूकिङ समेत खुलेको यो फिल्म दर्शकले पनि यो फिल्मलाई प्रतीक्षा गरेर बसेका छन्।

Leave A Reply

Your email address will not be published.