सुचना, समाचार र मनोरन्जन

अभिनयमा अब्बल प्रभात पाल : म्युजिक भिडियोमा बढ्दैछ व्यस्तता

काठमाडौं :

नेपाली कतिपय कलाकारहरु अभिनयमा मेहनत गरिरहेका हुन्छन्। उनीहरु धमाधम काम गर्दा पनि न दर्शकले उनलाई राम्ररी चिन्न सकेका हुन्छन् न मिडियाकर्मीले । अझ भनौँ उनीहरु दर्शकको नोटिसमा परेकै हुँदैनन्।

यहि नोटिसमा नपरेका मोडल हुन् प्रभात पाल । केहि अभिनेता तथा मोडलहरु भिडियोमा सुस्ताइरहेको अवस्थामा उनी भने धमाधम काम गरिरहेका छन्। पछिल्लो समयका ब्यस्त मोडल तथा कलाकार प्रभात पाल नै हुन् भन्दा फरक नपर्ला। किनभने उनको भिडियो एकपछि अर्को रिलिज भइरहेको छ।

रोमान्टिक रोल मन पराउने प्रभातलाई निकै सुहाएको देखिन्छ। उनी यसै भुमिकामा आफुलाई अगाडि बढाइरहेका छन्। कामको अफर पनि त्यस्तै नै आइरहेको उनी बताउँछन्। केहि समय अघिका लोभ लाग्दा कलाकारहरु पहिलाको तुलनामा कमै काम पाइरहेका छन्। तर,प्रभात भने सुस्ताउन लागेको म्युजिक भिडियोको बजार उठाउन लागि परेका छन्। उनी भन्छन्,‘ एक दिन बिराएर भिडियोको काम गरिरहेको छु। किनभने आरामको पनि जरुरत पर्दछ नि हैन र?’

चर्चामा भन्दा बढि काममा विश्वास गर्ने उनी हरेक पटक भिन्न काम गर्ने प्रयास गरिरहेको बताउँछन्। आइतबार उनी अभिनित नयाँ म्युजिक भिडियोमा युटुबमा सार्वजनिक भएको छ। ‘छुनै हुन्न जस्तो’बोलको म्युजिक भिडियोमा असाध्यै राम्रो काम गरेको देखिन्छ। उनलाई भिडियोमा जुना सुन्दासले अभिनयमा साथ दिएकी छन्। उनीहरुको केमेस्ट्री निकै सुहाएको देखिन्छ।

उनले गरेको मेहनत प्रशंसा योग्य रहेको देखिन्छ। इण्डियन आइडलको टेप टेनबाट आउट भएकी नेपालकी चेली मेनुका पौडेलले गाएको यो गीतमा संगीत सिडी विजय अधिकारीले गरेका छन्। यसको शब्द रचना प्रदीप चापागाईले लेखेका हुन् भने भिडियोको निर्देशन सान थापाको छ। सान पछिल्लो समयका चर्चित भिडियो निर्देशक हुन्।

Leave A Reply

Your email address will not be published.