सुचना, समाचार र मनोरन्जन

व्यवसायीको समस्या गहिरो रूपमा बुझेका भानुभक्त अधिकारी, क्रम संख्या ८ बाट चुनावी मैदानमा

पोखरा :

पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा निर्वाचनको माहोल तातिँदै गर्दा संयुक्त र साझा टिमबाट खुला सदस्य पदका उम्मेदवार भानुभक्त अधिकारीको उम्मेदवारी चर्चामा आएको छ। अधिकारी क्रम संख्या ८ बाट चुनावी मैदानमा छन्।

अस्ताम अधिकारी गिफ्ट एण्ड किचन कर्नर, पोखरा–१ हरिचोकका सञ्चालक अधिकारी लामो समयदेखि व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन्। उनी इन्द्रेणी एकीकृत विकास केन्द्रका अध्यक्ष तथा पोखरा महानगर सहकारी समितिका बिज्ञ सदस्य समेत हुन्।
व्यवसायीका दैनिक समस्या, बजारका चुनौती तथा व्यवसाय सञ्चालनका क्रममा देखिने व्यावहारिक कठिनाइलाई नजिकबाट अनुभव गरेका अधिकारीले उद्योगी–व्यवसायीको हकहितलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेका छन्।

उनले व्यवसायीले भोगिरहेका नीतिगत समस्या, कर तथा प्रशासनिक झन्झट, बजार व्यवस्थापन, व्यवसायमैत्री वातावरण र सरकारी निकायसँगको समन्वयका विषयलाई प्रभावकारी रूपमा उठाउनुपर्ने आवश्यकता औँल्याएका छन्। अधिकारीको सामाजिक क्षेत्रमा पनि लामो सक्रियता रहेको छ। इन्द्रेणी एकीकृत विकास केन्द्रको नेतृत्व गर्दै विभिन्न सामाजिक गतिविधि तथा समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएका उनले सामाजिक क्षेत्रमा प्राप्त अनुभवलाई व्यावसायिक क्षेत्रको नेतृत्वमा समेत उपयोग गर्ने बताएका छन्।

“व्यवसायीको समस्या मैले नजिकबाट बुझेको छु। संघमा प्रतिनिधित्व पाएँ भने व्यवसायीका समस्या सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्‍याउने र समाधानका लागि निरन्तर पहल गर्नेछु,” अधिकारीले भने।

उनका अनुसार उद्योग वाणिज्य संघ व्यवसायीको साझा संस्था भएकाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पारदर्शिता, समन्वय, साझा हित र व्यवसायीको अधिकारलाई केन्द्रमा राखेर काम गर्न आवश्यक छ।पोखरा भाडा व्यवसायी संघको आजीवन सदस्यसमेत रहेका अधिकारीले विभिन्न सामाजिक तथा व्यावसायिक संस्थासँगको आबद्धताबाट प्राप्त अनुभवलाई संघको काममा उपयोग गर्ने बताएका छन्।

पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेका बेला व्यवसायीका समस्या प्रत्यक्ष रूपमा बुझेका उम्मेदवारलाई प्रतिनिधित्व गराउने विषय पनि उद्योगी–व्यवसायीबीच चर्चाको विषय बनेको छ। संयुक्त र साझा टिमका क्रम संख्या ८ का उम्मेदवार भानुभक्त अधिकारीले व्यवसायीको हकहित, व्यवसायमैत्री वातावरण र नीतिगत सुधारलाई प्राथमिकतामा राख्दै निर्वाचनमा आफ्नो पक्षमा मतदान गर्न उद्योगी–व्यवसायीसँग अपिल गरेका छन्।

Leave A Reply

Your email address will not be published.