पोखरा/
आदिवासी जनजाती मंचको आयोजनामा गण्डकी प्रदेशमा सरकारी कामकाजको भाषा गुरुङ र मगर भाषाको प्रयोग सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । सो प्रस्तावित विधेयकको मस्यौदा माथी उक्त भाषा बोल्ने जातिका आधिकारिक संस्था तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद र नेपाल मगर संघको समन्वयमा पोखरामा गण्डकी प्रदेशसभाका आदिवासी जनजाति सांसदहरुसंग अन्तक्रिर्या कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा दुई संस्थाका तर्फबाट विज्ञ डाक्टर टेकबहादुर गुरुङ र डाक्टर विष्णु सिंजाली मगरले विधेयक माथी संशोधनका लागि संस्थागत सुझाव प्रस्तुत गर्नु भएको थियो । सोही क्रममा कार्यक्रममा सहभागी सांसदहरुले बिधेयकको मस्यौदामा आएका बिषयमा राय सुझावहरु राख्नु भएको थियोे र दुई संस्थाले उठाइ आएका सुझाव र बिधेयकमा छुट्न गएका अन्य पक्षलाई सम्बोधन गर्न संयुक्त संशोधन प्रस्ताव लैजान एक संशोधन टोलि समेत गठन गर्ने कार्य भएको छ ।

लामो समयसम्म भाषा आयोग र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहकार्यमा तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय प्रतिष्ठान र नेपाल मगर सघले गण्डकी प्रदेशमा सरकारी कामकाजी भाषा गुरुङ र मगर भाषा लागू गराउन गरेको विभिन्न कार्यक्रम पश्चात् मुख्यमन्त्री श्री सुरेन्द्र राज पाण्डेको मन्त्री परिषदले निति तथा कार्यक्रम मार्फत अगाडि बढाए सगै लागू हुने अवस्था भएको छ ।