पोखरा,
नेपाली संगीत क्षेत्रमा आध्यात्मिक भजन र भक्ति गीतप्रेमीका लागि नयाँ उपहार स्वरूप युवा कलाकार ज्योतिष भट्टगुरु को “हे शिव शम्भु” म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोमा स्वयं भट्टगुरु र चर्चित मोडल कविता न्यौपानेलाई शिव पार्वतीको भुमिकामा देख्न सकिन्छ ।
महाशिबरात्रीको पूर्वसन्ध्यमा प्रकाशन भएको उक्त संगीत भगवान शिवप्रति समर्पित नयाँ शैलीमा तयार गरिएको छ । जसले धार्मिक र सांगीतिक अनुभवलाई सजीव बनाउने उद्देश्य राखेको छ । गीतमा ज्योतिष भट्टगुरु र मनिषा सुनार ले स्वर दिएका छन् भने मिक्सिङ र मास्टरिङ पवन रानाभाटले गरेका छन्।
गीतको भिडियो प्रत्युष क्रियेशन स्टुडियो मा तयार भएको हो। मेकअपमा अनिमेष गुरुङको हात रहेको छ भने सिनेमाटोग्राफी र ड्रोन अपरेसन उमेश बहादुर शाहले गरेका छन्। पोस्ट प्रोडक्सन लाईमलाईट नेपालले सम्पन्न गरेको छ भने सम्पादन, रंग समायोजन र निर्देशन टेकेन्द्र शाहले गरेका हुन ।
यस म्युजिक भिडियोले नेपाली भक्ति गीतप्रेमीहरू माझ उत्साह थप्ने अपेक्षा गरिएको छ। भिडियो यूट्युब लगायत डिजिटल प्लेटफर्महरूमा सार्वजनिक भएको छ र दर्शन गर्ने दर्शकहरूले आध्यात्मिक अनुभवको आनन्द लिने विश्वास गरिएको छ ।
नेपाली चलचित्रको नाम, छायाँङ्कन स्थल, कलर कम्बिनेसन तिथिमितिको तय गरेर फिल्म हिट बनाएका भट्टगुरु भारतवाट उत्कृष्ट ज्योतिष अवार्डबाट विभुषित भैसकेका छन । साथै उनले ग्रहगोचर अध्यन, भाग्य, बास्तु परामर्शद्धारा मानिसहरुलाई सहि जीवनयापनका लागि समेत मार्गदर्शन गर्दै आएका छन ।
watch here:
