सुचना, समाचार र मनोरन्जन

‘हामी तीन भाइ’को मार्मिक गीत रिलिज, बाबुल गिरीको स्वरमा भावुक गीत

काठमाडौं :

आगामी चैत १३ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘हामी तीन भाइ’को मार्मिक लिरिकल गीत ‘मैले जति दुःख, पीडा, कष्ट पाएको भए’ सार्वजनिक गरिएको छ। महाशिवरात्रिको अवसर पारेर निर्माण टिमले उक्त गीत सार्वजनिक गर्दै प्रचार अभियानलाई तीव्र बनाएको हो।

सार्वजनिक गीतमा गायक तथा संगीतकार बाबुल गिरीको स्वर र संगीत रहेको छ। गीतले जीवनका दुःख, पीडा र संघर्षको कथालाई भावुक ढंगले प्रस्तुत गरेको छ। “आफ्नो दुःख–कष्ट अरूले भोगेको भए सायद भगवान पनि रुन्थे” भन्ने भाव समेटिएको गीतले फिल्मको कथावस्तुमा रहेको संवेदनशील पक्षलाई संकेत गरेको निर्माण पक्षको दाबी छ।

मधुसुदन भट्टराईको निर्देशनमा तयार भएको यस फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाह्नवी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाईं, शुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा, खिन्नबहादुर भण्डारी (भोले), गोविन्दप्रसाद पौडेल, भूमिका गिरी, टेकराज पौडेल, अमृतमान महर्जनलगायत कलाकारहरूको अभिनय रहेको छ।

प्रसिद्धि सिने आर्ट्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ हुन् भने कार्यकारी निर्माता विक्रम तामाङ रहेका छन्। सह–निर्मातामा भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल र दुर्गालक्ष्मी पाण्डे छन्। विशेष सहयोगी शम्भु कुमार केसी हुन्।

साजित महत प्रस्तुतकर्ता रहेको फिल्मको कथा, पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्। छायांकन शिव ढकालले गरेका छन् भने सम्पादन बनिश शाहको छ। संगीतमा साप शक्ति र बाबुल गिरीको योगदान रहेको छ। नृत्य निर्देशन कमल राई र इन्द्रदेव महर्जनले गरेका छन् भने द्वन्द्व निर्देशन देव महर्जनको रहेको छ। पार्श्वसंगीत सम्राट थापा, ध्वनि मिश्रण मुकेश शाह र रंग संयोजन रेनिश फागोले गरेका छन्।

फिल्मको मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञानकुमार कट्टेल हुन्। सहायक सम्पादन क्यामोदिन मिया, श्रृंगार अशोक रोक्का, ग्राफिक्स समिर मिया, कला निर्देशन दिनेश लामा ‘गैंडा’ र निर्माण नियन्त्रक सन्देश राई (भान्जा) रहेका छन्। पोस्ट–प्रोडक्सनको काम मोसन स्टुडियोले गरेको छ। फिल्मलाई नेशनल सिने ग्रुप प्रालिले वितरण गर्दैछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। भावनात्मक कथावस्तु र मार्मिक गीतका कारण ‘हामी तीन भाइ’प्रति दर्शकको अपेक्षा बढ्दो देखिएको छ।

Leave A Reply

Your email address will not be published.