सुचना, समाचार र मनोरन्जन

“भावना आचार्यको तीज गीत ‘सोच सोच केटी’ सार्वजनिक, प्रेम र विवाहित सम्बन्धबारे सचेत सन्देश”

काठमाडौं : 
गायिका भावना आचार्यले झण्डै एक वर्षको अन्तरालपछि नयाँ तीज गीत सार्वजनिक गरेकी छिन्। ‘सोच सोच केटी’ शीर्षकको गीत सोमबार उनकाे आधिकारिक युट्युब च्यानल भावना आचार्य मार्फत सार्वजनिक गरिएको हो। गीतमा उनलाई चर्चित गायक रामचन्द्र काफ्लेले साथ दिएका छन्।

यसअघि ‘बग्ने खोला बगी गो’, ‘बग्ने खोला २’, ‘माया बस्ला फेरि’ जस्ता चर्चित गीतमार्फत दर्शकश्रोताको मन जितेकी भावनाले यस गीतको शब्द तथा संगीत पनि स्वयम् लेखेकी तथा सिर्जना गरेकी हुन्।

नितिन चन्दले निर्देशन गरेको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल, गायिका भावना आचार्य स्वयम्, राजन अधिकारी, अमृत आचार्य र नवीन किशोर फिचर भएका छन्। सुरेन बसेलको कोरियोग्राफी, बिनोद बिष्टको छायांकन, र शौखिन तिमिल्सिनाको सम्पादन रहेको भिडियो आकर्षक ढंगले तयार पारिएको छ।

गीतले प्रेम तथा वैवाहिक सम्बन्धमा पुरुष र महिलाले समान रूपमा जिम्मेवारीपूर्वक सोच्नुपर्ने सन्देश दिन्छ। गीतको शब्द र भावले समाजमा सकारात्मक चेतना फैलाउने प्रयास गरिएको छ। सार्वजनिक भएपछि ‘सोच सोच केटी’ले क्रमशः दर्शक-श्रोताको ध्यान तान्दै लोकप्रियता बटुल्दै गएको छ।

Leave A Reply

Your email address will not be published.