सुचना, समाचार र मनोरन्जन

भिम रावल पार्टीको संगठित सदस्य बाट निलम्बित

काठमाडौँ/

नेकपा एमालेले नेता भीम रावलको संगठित सदस्यता खोसेको छ । बुधबार बसेको एमाले सचिवालय बैठकले रावलको संगठित सदस्यता खोसेको उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि जानकारी दिए ।

दसौँ राष्ट्रिय महाधिवेशनमा रावल अध्यक्षको उम्मेदवार बनेका थिए । रावलले पछिल्लो समय पार्टीलाई बलियो बनाउने भन्दा पनि निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएको एमालेको भनाइ छ ।

‘अभिव्यक्तिहरू पार्टीलाई बलियो बनाउने भन्दा पनि निरन्तर कमजोर बनाउने हिसाबले आएकाले संगठित सदस्यताबाट मुक्त गर्ने निर्णय गरेको हो’, ज्ञवालीको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.