सुचना, समाचार र मनोरन्जन
Pdms

भिमसेन स्थापना दिवसको तयारी पुरा

ललितपुर :

सुनाकोठी क्षेत्रको विकास तथा ललितपुरलाई नै साँस्कृतिक एवं धार्मिक र पर्यटकीय स्थलका रुपमा बिश्वसामु परिचित गराउन थालिएको छ। यहि उदेश्यले सम्भवत विश्वकै सबैभन्दा अग्लो आराध्यदेव भिंद्यो अर्थात भीमसेनको आठौं स्थापना दिवस तथा भिं द्यो पुजाको सम्पूर्ण तयारी पुरा भएको छ।

भाद्र १ गते आइतबार हुने स्थापना दिवसको तयारी सम्पन्न भएको आयोजक सुनाकोठी समाजका बिनोद डङ्गोलले बताए । सुनाकोठी समाजले वार्षिक रुपमा आयोजना गर्दै आएको भीमसेन जात्रालाई भविष्यमा पनि निरन्तरता दिइने छ । उनका अनुसार मच्छेगाउँको एउटा खोंचबाट ल्याइएको ६० टनको सिङ्गो ढुङ्गाबाट धेरै मेहनतपछि भीमसेनको मूर्ति बनाइएको हो।

सुनाकोठीमा भव्य तामझामका साथ आठौं वार्षिक उत्सवलाई बिगतका वर्षहरु भन्दा पनि भव्य रुपमा सम्पन्न गरिने आयोजक समितिका सदस्य रुपेश डंगोलले जानकारी दिए । सदस्य डंगोल गायक पनि हुन् ।

Leave A Reply

Your email address will not be published.