सुचना, समाचार र मनोरन्जन

भोटेकोशी बाढीपीडितका लागि लायन्स क्लब अफ पोखराको डेढ लाख सहयोग

भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयोगका लागि लायन्स क्लब अफ पोखराले १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ।

क्लबले सञ्चालन गरेको सहयोग अभियानमार्फत संकलित रकममध्ये १ लाख ३० हजार १ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। यस्तै, १९ हजार ९ सय ९९ रुपैयाँ लायन्स क्लब्स इन्टरनेशनल, डिस्ट्रिक्ट ३२५ जे नेपाललाई हस्तान्तरण गरिएको क्लबले जनाएको छ।

क्लबका अध्यक्ष लायन डा. माधव तिवारीको अध्यक्षतामा बसेको बोर्ड बैठकको निर्णयअनुसार सम्पूर्ण रकम राहत तथा सहयोग कार्यमा परिचालन गरिएको हो।

क्लबले अभियानमा स्वेच्छिक आर्थिक सहयोग गर्ने सम्पूर्ण लायन्स सदस्य, अग्रज लायन लिडर, पदाधिकारी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिने सबैप्रति आभार व्यक्त गरेको छ। क्लबले ‘सेवा नै लायन्सको पहिचान हो’ भन्ने भावनासहित विपद्मा परेकाहरूको साथमा उभिनु मानवीय दायित्व भएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.