पोखरा/

भू लक्ष्मी ग्रुप प्रा.लि. र बी एण्ड बी लेकभ्यू अपार्टमेन्टबीच टेस्ला एयर कन्डिसनर आपूर्तिको सम्झौता भएको छ। पोखराको सेदीमा रहेको प्रिमियम र लक्जरी अपार्टमेन्टका ७१ वटा युनिटका लागि आवश्यक पर्ने एयर कन्डिसनरका लागि आज भू लक्ष्मी ग्रुपको तर्फबाट कम्पनीका सीईओ किरण आचार्य तथा बी एण्ड बी लेकभ्यू अपार्टमेन्टको तर्फबाट कम्पनीका एमडी स्रोत बिक्रम थापाले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ।
टेस्ला एसीका लागि यो सम्झौता एउटा ठूलो कोशेढुङ्गाको रूपमा रहेको र यसले टेस्ला एसीको होटल तथा रेस्टुरेन्ट व्यवसायका लागि एउटा नयाँ आतिथ्य स्थापित गर्ने कम्पनीका सीईओ किरण आचार्यले बताउनुभएको छ । पोखरा आफैँमा एउटा प्रमुख पर्यटकीय गन्तव्य रहेको हुँदा लेकभ्यूमा बन्न लागेको उक्त अपार्टमेन्ट कम्पनीका लागि उच्चस्तरीय परियोजना रहेको उहाँले बताउनुभएको छ।