सुचना, समाचार र मनोरन्जन

भूठानले फ्राईडे नाईट विथ ह्याप्पियस्ट म्यान क्याम्पेन गर्ने

काठमाडौं :

आगामी वैशाख १२ मा प्रदर्शन हुन लागेको फिल्म ‘भूठान’ टिमले ‘फ्राईडे नाईट विथ ह्याप्पियस्ट म्यान क्याम्पेन’को आयोजना गर्ने भएको छ। हरेक शुक्रवार काठमाडौका चल्तीका चियापसल र रेष्टुँराहरुमा कार्यक्रमको आयोजना गर्न लागेको हो।

Pach Pandav

यही सिलसिलामा पहिलो कार्यक्रम थापाथलीस्थित चियावालामा चैत्र ८ गते साँझ ५ः३० मा हुन लागेको हो।यो कार्यक्रममा चियापसलमा आएका जो कसैले आफनो गीत,कविता,मुक्तक,गजल,क्यारिकेचर प्रस्तुत गर्न सक्ने साथै चलचित्र भूठानको टिजर र गीतको समीक्षा पनि गर्न सक्नेछन्। हरेक हप्ता एकजना सेलिबे्रटीलाई सो कार्यक्रममा ह्यापियस्ट गेस्टको रुपमा निमन्त्रणा गरिनेछ।

यो हप्ता कवि एवं संचारकर्मी रुपेश श्रेष्ठले प्रमुख अतिथीको रुपमा अन्तिममा आफ्नो प्रस्तुती दिनेछन्। कार्यक्रममा उपस्थित मध्य ३ जनाले लक्की ड्रमार्फत सोही कार्यक्रममै भूठानको टिकट पनि जित्नेछन्। फिल्मका निर्मातामध्ये एक अविरल थापाका अनुसार यो कार्यक्रम गर्नुको अभिप्राय चलचित्रका दर्शकसँग प्रत्यक्ष साक्षात्कर गर्नु, फिल्मको बारेमा गफ गर्दै मनोरञ्जन गर्नु रहेको छ। थापाका अनुसार मार्च २० तारिखलाई संयुक्त राष्ट्र संघले अन्तराष्ट्रिय खुशी दिवसको रुपमा मनाउँदै आएको छ र सोही अवसर पारेर वैशाख ५ गतेसम्म खुशीको हप्ता मनाउने कार्यक्रम घोषणा गरिएको हो।

फिल्म भूठान विदेशमा रहेको आप्रवासीले आफ्नो घर फर्कन नपाएको कथामा विनोद पौडेलले निर्देशन गरेका हुन् भने यसमा हरिवंश आचार्य,दयाहाङ राई,पुजा चन्द,रिचा घिमिरे,अदिती प्याकुरेल,जोयश पाण्डे लगायत हलिउड कलाकार ब्रुस डर्नको पनि अभिनय रहेको छ।

Leave A Reply

Your email address will not be published.