सुचना, समाचार र मनोरन्जन

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

काठमाडौँ,

सरकारले मन्त्रालय, विभाग, कार्यालय र सबै सरकारी निकायका कर्मचारीहरूको विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गर्न मातहतका निकायलाई परिपत्र गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखा) ले बिहीबार पत्र पठाउँदै यस्तो व्यवस्था गर्न भनेको हो । साथै मन्त्रालयले यसको विवरण अभिलेखिकरण गर्न समेत भनेको छ ।

मन्त्रालयले उक्त व्यवस्था कार्यान्वयन नभएको अवस्था भए कर्मचारीको दैनिक उपस्थिति ९आएको तथा गएको० विवरण अनिवार्य रूपमा विद्युतीय हाजिरी प्रणालीबाटै गर्ने व्यवस्था मिलाउन र प्रत्येक १५ दिनको हाजिरी विवरण प्रिन्टगरी, प्रमाणित गर्दै अभिलेख कार्यालयमा सुरक्षित राख्न भनेको हो ।

२०८३ साल वैशाख ८ गतेको निर्णय ९सचिवस्तर० अनुसार यस्तो निर्णय गरेको मन्त्रालयका शाखा अधिकृत पीताम्बर सारुले जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.