सुचना, समाचार र मनोरन्जन

चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

काठमाडौं : गत चैतमा विपदका घटनामा परी  देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ।  आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी विपत्तिमा परी १६ पुरुष, १० महिला र चार जना बालबालिकाको मृत्यु भएको हो।

 

दैवी विपत्तिमा परेर २२२ जना घाइते भएका छन्। विपदबाट १९१ घर, ११७ गोठ र तीन सरकारी कार्यालयमा क्षति भउको छ भने ५२९ चौपाया मरेका छन्।

 

विपदबाट रु ३३ करोड ७२ लाख ६१ हजार बराबरको क्षति भएको अनुमान  छ। विपद प्रतिकार्यमा चार हजार ८४१ प्रहरी परिचालन भएका प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए।

 

विपदबाट १४३ जना विस्थापित भएका छन्। सो अवधिमा कोशीमा २७२, मधेसमा १३६, बागमतीमा ८५, काठमाडौं उपत्यकामा ३९, गण्डकीमा ९५, लुम्बिनीमा १२९, कर्णालीमा ५७ र सुदूरपश्चिम प्रदेशमा ९३ वटा विपदका घटना भएका जनाइएको छ।

Leave A Reply

Your email address will not be published.