Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पेट्रोलियम पदार्थको मूल्य घटेसँगै काठमाण्डौ उपत्यकामा कृत्रिम अभाव
- २३ स्थानीय तहले अझै ल्याएनन् बजेट, तीन दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन
- लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
- भेनेजुएला भूकम्प अपडेट : एक हजार ९४३ को मृत्यु, दश हजार भन्दा बढी घाइते
- सिक्किममा गुञ्जनेछ नेपाली संगीत: हिमालयन अन्तर्राष्ट्रिय अवार्डको मनोनयन बाहिरियो
- पल शाह,विपना थापा अभिनित फिल्म ‘आ बाट आमा २’, ओभरसिज राइट्स धमाधम बिक्री
- चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा
- बागलुङमा कुकुरलाई ‘होस्टेल’
- श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि …
- राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल
पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको सङ्घीय संसद् भवनको अवलोकन गर्नुभएको छ । आज नयाँ बानेश्वरस्थित संसद् भवन परिसर पुगेर उनले तोडफोड र आगलागीबाट भएको क्षतिबारे जानकारी लिएकी हुन ।
पूर्वराष्ट्रपति भण्डारीलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद् भवनमा भएको क्षतिबारे जानकारी गराएका थिए । अवलोकनपश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति भण्डारीले आगनजी र तोडफोडबाट क्षतिग्रस्त जनप्रतिधिमूलक थलो संसद्को अवस्था देखेर आफू अत्यन्त दुःखित भएको बताइन ।
गत भदौ २३ गते भएको जेनजी युवाको प्रदर्शनको निशानामा परेको सङ्घीय संसद् भवनमा तोडफोड भएको थियो भने २४ गते आगजनी भएको थियो ।