सुचना, समाचार र मनोरन्जन

क्षतिग्रस्त संरचना निर्माणलाई प्राथमिकतामा राख्न मन्त्री घिसिङको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले नवयुवा आन्दोलनका क्रममा क्षति पुगेका संरचना निर्माणलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन ।

शहरी विकास मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको हिजो बसेको बैठकमा उनले गएको भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचनाको निर्माण र पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए ।

मन्त्री घिसिङले वर्षौंदेखि ठेक्का लिएर रुग्ण बनाइएका आयोजनाको ठेक्का तोडेर नयाँ प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिए । अनावश्यक विवाद नगर्न, निर्माण व्यवसायी सम्पर्कमा आएको भन्दै नबस्न भन्दै उहाँले काम गर्ने सुनिश्चितता खोज्न आग्रह गरे।

मन्त्रालयका सचिव गोपाल सिग्देलले रुग्ण ठेक्काका निर्माण व्यवसायी काममा फर्किएको बताइए पनि निर्माणस्थलमा काम भएरनभएको नियमित अनुगमन गर्न अनुरोध गरे ।

Leave A Reply

Your email address will not be published.