सुचना, समाचार र मनोरन्जन

नेपाल विद्युत् प्राधिकरणले माग्यो कर्मचारी

काठमाडौँ,

नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदमा कर्मचारी भर्नाका लागि आवेदन फाराम खुलाएको छ । आज एक सूचना जारी गर्दै प्राधिकरणले अधिकृतदेखि सहायक स्तरसम्मका पदहरूमा दरखास्त आह्वान गरेको हो ।

अधिकृतस्तरका सहनिर्देशकदेखि वातावरणविद्सम्म १३२ जना र सहायकस्तरका मिटररिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदहरूमा १३० जनाका लागि विज्ञापन खुलेको छ ।

इच्छुक उम्मेदवारहरूले माघ १० गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.