
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- सहारा क्लबद्वारा देउसी–भैलोबाट ११ लाख ६८ हजार बढी सङ्कलन
- ‘ककाकिकी’ ट्रेलरः गाउँमा बिद्यालय बनाउन बैंक लुट्ने योजनाको कथा ?
- सुनील थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ को दोस्रो ट्रेलर सार्वजनिक
- निरुता सिंह र उत्तम प्रधानको कमव्याक फिल्म ‘सारथी’को अफिसियल पोस्टर सार्वजनिक
- अन्जना र विजय अभिनित ‘सिन्दुरे जात्रा’को रुचाइयो ‘बाँसैको सुप्लाखे’
- अमेरिकामा लगाइएको देशव्यापी उडान प्रतिबन्ध हटाइयो
- छठ पर्वको दोस्रो दिन आज ‘खरना’
- दिल्ली भ्रमण: कर्मकाण्ड होइन, नतिजाको कूटनीति
- तिहारपछि सुनको भाउ १२ हजार ६ सय घट्यो
- पश्चिमी वायुको आंशिक प्रभाव : एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
वर्षा लागेपछि जलविद्युत आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
लमजुङ,
हिउँदको समयमा घटेको विद्युत् उत्पादन वर्षा लागेपछि लमजुङमा उत्पादन थालेका जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको छ ।
यहाँ मस्र्याङ्दी नदी, दोर्दी, मिदिम, खुदी, स्याँगेलगायतका खोलामा पर्याप्त पानी हुन थालेसँगै केही हप्ताअघिदेखि उत्पादन थालेका जिल्लाका १७ आयोजनामा पूर्ण रुपमा बिजुली उत्पादन भएको हो । गत मङ्सिरबाट घटेको विद्युत् उत्पादन यतिबेला पूर्ण क्षमतामा उत्पादन भएको हो ।
जिल्लामा उत्पादन थालेको सबैभन्दा ठूलो बेँसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाट क्षमताको मध्य–मस्र्याङ्दी जलविद्युत् आयोजनामा गत मङ्सिरको सुरुआतदेखि नै विद्युत् उत्पादन घटेर यस आयोजनाको विद्युत् २४ मेगावाट मात्र उत्पादन हुने गरेको थियो । यतिबेला भने मस्र्याङ्दी नदीमा पर्याप्त पानी भएकाले ७० मेगावाट नै बिजुली उत्पादन भइरहेको मध्य–मस्र्याङ्दी जलविद्युत् आयोजना केन्द्रका प्रमुख पवन बस्नेतले बताए ।

गत वर्षको तुलनामा केही ढिलो गरी विद्युत् उत्पादन बढेको उहाँको भनाइ छ । मध्य–मस्र्याङ्दी आयोजना सन् २००८ मा निर्माणसम्पन्न भएको हो । उक्त आयोजना रु २७ अर्ब २० करोडको लागतमा निर्माणसम्पन्न भएको थियो । यो जलविद्युत् आयोजना जिल्लाकै पहिलो जलविद्युत् आयोजना हो ।
यसपछि जिल्लामा क्रमशः आयोजना निर्माण हुँदै बिजुली उत्पादन हुन थालेको छ । सो आयोजनापछि मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेमा ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाले बिजुली उत्पादन थाल्यो । यस आयोजनामा पनि हिउँदमा बिजुली उत्पादन घटेर २५ मेगावाट मात्र उत्पादन भएकामा अहिले नदीमा पानी पर्याप्त भएसँगै पूर्ण क्षमतामा उत्पादन भइरहेको आयोजनाका इन्जिनियर कर्ण अधिकारीले बताउनुभयो । उनले भने, “यस वर्ष उत्पादन घट्दा २५ मेगावाटको एउटा टरवाइन मात्र चलाएका थियौँ, अहिले दुईवटा चलाएका छौँ ।” यहाँ मात्र होइन यतिबेला नेपालभरिकै आयोजनाबाट बिजुली पूर्ण क्षमतामा उत्पादन हुने गरेको उनले बताए ।
त्यसैगरी, दोर्दी कोरिडोरमा रहेको पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गरेको दोर्दी–६ ढोडेनीस्थित ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाबाट पनि विद्युत् उत्पादन बढेको छ । हिउँमा बिजुली उत्पादन घटेर १३÷१४ मेगावाट मात्र बिजुली उत्पादन भएकामा हाल पूर्ण रुपमा बिजुली उत्पादन भइरहेको आयोजनाले जनाएको छ ।
त्यसैगरी, ३० मेगावाटको ङादी जलविद्युत् आयोजना, दोर्दी कोरिडोरमा रहेको हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले निर्माण गरेको २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत्, दोर्दी–६ ढोडेनीमा लिबर्टी इनर्जी हाइड्रोपावरले निर्माण गरेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना, चार दशमलव चार मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु तथा दुई मेगावाटको छ्याङ्दी आयोजनाबाट बिजुली पूरै क्षमतामा उत्पादन भएको छ । जिल्लामा उत्पादित विभिन्न आयोजनाबाट ३०० मेगावाट बिजुली उत्पादन भएको बताइएको छ । जिल्लाका आयोजनामा बिजुली घट्दा र बढ्दा राष्ट्रलाई नै आर्थिक रुपमा प्रभाव पार्छ ।