सुचना, समाचार र मनोरन्जन

कुलिङ पिरियडमा गडबडी भएकोबारे छानबिनको पक्षमा सभामुख

काठमाडौँ,

कुलिङ पिरियडको प्रावधान राख्ने गरी पारित भएको निजामती विधेयकमा अन्यथा अर्थ लाग्ने गरी शब्द थप भएको विषयमा सभामुख देवराज घिमिरे छानबिनको पक्षमा उभिएका छन् ।

मंगलबार सिंहदरबारमा भएको विभिन्न दलका नेताहरूसँगको छलफलमा सभामुख घिमिरेले यसलाई गम्भीर त्रुटि भनेका हुन् ।

सभामुखको प्रेस सल्लाहकारमा शेखर अधिकारीका अनुसार सभामुख घिमिरेले भनका छन्, ‘यो विषय गम्भीर हो । यो सामान्य विषय होइन, यो सच्याउने मात्रै होइन, गम्भीर छानबिनको विषय हो । यसको कुन प्रोसेसमा पुगेर कुन ठाउँमा पुगेर त्रुटी भएको हो त्यो खोज्छौं ।’

तर, कसरी टुंग्याउने भनेर तय भएको छैन । यो विषयमा सभामुख घिमिरे संसद सचिवालयका महासचिव, सचिव लगायतसँग छलफलमा रहेका छन् ।

Leave A Reply

Your email address will not be published.