सुचना, समाचार र मनोरन्जन

‘बिग बोस १९’ फिनाले नजिकिँदै, शीर्ष ७ फाइनलिस्टबीच प्रतिस्पर्धा चर्कियो

मुम्बई :

भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘बिग बोस सिजन १९’ फिनाले चरणमा प्रवेश गरेको छ। केही दिनमै ग्रान्ड फिनाले प्रसारण हुँदैछ भने उपाधिका लागि घरभित्रका सात फाइनलिस्टबीच प्रतिद्वन्द्विता तीव्र बन्दै गएको छ।

अशनूर कौर बाहिरिएपछि घरमा अब ७ प्रतिस्पर्धी बचेका छन्—तान्या मित्तल, गौरव खन्ना, अमाल मल्लिक, प्रणित मोरे, फरहाना भट्ट, मालती चाहर र शहबाज बदेशा। प्रतिस्पर्धीहरूले अन्तिम चरणमा स्थान सुरक्षित गर्न हरसम्भव प्रयास गरिरहेका छन्। घरभित्र तनाव, रणनीति र नयाँ समीकरण तेज गतिमा बदलिँदै गएको देखिन्छ।

निर्माताले समापन चरणलाई अझ रोमाञ्चक बनाउन ‘टिकट टु फिनाले’ राउन्ड सुरु गरिसकेका छन्, जसबाट यस सिजनका शीर्ष ५ को घोषणा हुनेछ। त्यसपछि आयोजना हुने मिडिया अन्तर्क्रियामा फाइनलिस्टले कडा प्रश्नहरूको सामना गर्ने बताइएको छ।

यस सिजन ‘घरवालो की सरकार’ थिममा निर्माण भए पनि अन्तिम निर्णयमा दर्शककै ‘सरकार’ हावी देखिन्छ। हरेक एपिसोडपछि दाउ बढिरहेको छ र आगामी ‘वीकेंड का वार’ ले खेलमा ठूलो उलटफेर ल्याउने अनुमान गरिएको छ। निर्माण पक्षका अनुसार एकभन्दा बढी प्रतिस्पर्धी बाहिरिन सक्ने सम्भावना छ।

हालैको ‘वीकेंड का वार’ एपिसोडले घरभित्रका समीकरण नै हल्लाइदिएको थियो। एक कार्यको क्रममा तान्या मित्तलमाथि शारीरिक रूपमा आक्रमण गरेको आरोप लागेपछि अभिनेत्री अशनूर कौर बाहिरिएकी थिइन्। शो छाडेपछि उनले गौरव खन्ना वा प्रणित मोरेमध्ये कुनै एकले उपाधि जितोस भन्ने इच्छा व्यक्त गरिन्।

Leave A Reply

Your email address will not be published.