सुचना, समाचार र मनोरन्जन

‘बिगुल’ ९ माघदेखि सार्वजनिक, बेनिशा हमाल शीर्ष भूमिकामा

काठमाडौं :

अभिनेत्री बेनिशा हमाल शीर्ष भूमिकामा रहेको फिल्म ‘बिगुल’ ९ माघबाट प्रदर्शनमा आउने भएको छ। आइतबार सार्वजनिक तीन पोस्टरमार्फत निर्माण पक्षले प्रदर्शन मिति घोषणा गरेको हो।

पोस्टरको पहिलो लुकमै बेनिशालाई स्पष्ट रूपमा ‘फिल्मको केन्द्र–पात्र’का रूपमा स्थापित गरिएको छ। गम्भीर अभिव्यक्तिमा प्रस्तुत बेनिशाको पछाडि राँको बोकेका प्रदर्शनकारीको भीड देखिन्छ, जसले फिल्मको टोन र मुख्य द्वन्द्वको संकेत गर्छ। अर्को पोस्टरमा उनी नरेन खड्का र रमेश बुढाथोकीसँग आक्रोशित मुद्रामा उत्रिएकी छन्। तेस्रो पोस्टरमा भने बेनिशा सहित सबै कलाकारलाई सामूहिक रूपमा देखाइएको छ।

रमेश कोइराला निर्देशित र कल्पना पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा दिनेश कोइरालाको लगानी छ। निर्माताका अनुसार फिल्मले युवा पुस्ताको आवाज, परिवर्तनप्रतिको चाहना र देश विकासको मागलाई मुख्य विषयवस्तु बनाएको छ। फिल्मलाई ‘जेन्जी आन्दोलन’ प्रती समर्पित गरिएको निर्माण पक्षले बताएको छ।

म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको ‘बिगुल’मा बेनिशासँगै नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर बाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित र मानश्री शर्माको अभिनय छ।

Leave A Reply

Your email address will not be published.