सुचना, समाचार र मनोरन्जन

फ्राइडे रिलिज : विजय बरालको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’

काठमाडौ :

आज लक्ष्मीपूजाको अवसर पारेर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ व्यावसायिक प्रदर्शनमा आएका छन्। एकल रिलिजको अवसर पाएको फिल्मले मल्टीप्लेक्सहरुमा सुखद् शोका साथ हलमा लागेको हो। फिल्मले देशभर १ सय २० हाराहारी शो पाएको छ। फिल्मलाई अब अकुपेन्सी उत्साहप्रद बनाउनुपर्ने चुनौती बढेको देखिन्छ।

Pach Pandav

दसैंको फूलापाती अर्थात असोज २४ गतेबाट प्रदर्शनमा आएका दुई फिल्म ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ले हलमा चलिरहेका छन्र ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’को प्रभाव अझै कायम रहेका छन्। यसमा अझ १२ गाउँको शो झन् बढ्दो अवस्थामा । भोलि शुक्रबारबाट नै बलिउडका दुई ठूला सिक्वेल फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैयाँ ३’ प्रदर्शन हुँदैछन्। यस कारण ‘पूर्ण बहादुरको सारङ्गी’लाई बक्स अफिसमा आफ्नो पक्षमा नतिजा निकाल्न कठिन छ।

गन्धर्व समुदायको कथामा निर्माण गरिएको यो फिल्ममा विजय बराल, प्रकाश सपूत, अञ्जना बराइली, मुकुन भुषाल, बुद्धि तामाङ, देशभक्त खनाल लगायतको अभिनय छ। सरोज पौडेलको निर्देशनमा तयार भएको फिल्ममा विनोद पौडेल लगायतको लगानी गरेका छन्।

Leave A Reply

Your email address will not be published.