सुचना, समाचार र मनोरन्जन

लक्ष्मीपूजाको विशेष तस्विर : फोटो पत्रकार डङ्गोलले खिचे समीक्षाको लक्ष्मीको रुप

काठमाडौँ :
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ। यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ। यस पर्वलाई दीपमालिका पनि भनिन्छ।

लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।

यसै सन्दर्भमा फोटो पत्रकार कुवेर डङ्गोलले माता लक्ष्मीको स्वरूपमा मोडल समीक्षा राउतलाई तयार गरेर फोटोशुट गरेका छन् । मोडल समीक्षालाई लक्ष्मी झैँ सजाएर फोटोपत्रकार डङ्गोलले आफ्नै स्टुडियो केडी नाइन स्टुडियोमा फोटोशुट गरेका हुन् । उनले यसअगाडि पनि शिवरात्री, गाईजात्रा, कृष्णाष्टमीमा सोही प्रकृतिको फोटोशुट गरेका थिए ।\

उनले विशेषसमयमा गरिने त्यस्ता फोटोशुटले त्यस्ता चाडपर्वलाई विशेष बनाउने बताए।

‘मैले फोटो पत्रकारिता गरेदेखि नै यस्ता विशेष अवसरलाई लक्षित गर्दै फोटोशुट गर्ने गरेको छु । यस्ता फोटोको छुटै महत्व हुन्छ । किनकि यसले हाम्रो कला र संस्कृतिलाई नयाँपुस्तासम्म पु¥याउन पनि टेवा पु¥याउँछ जस्तो लाग्छ’, फोटो पत्रकार डङ्गोलले भने ।

यस फोटोशुटमा मोडल समीक्षालाई माता लक्ष्मी बनाउन फेसियल हाउसले मेकअप, कुशुम द बुटिकको भेषभूषा र हुन्छ डटकमको ज्वेलरी प्रयोग गरिएको फोटो पत्रकार डङ्गोलले बताए ।

Leave A Reply

Your email address will not be published.