सुचना, समाचार र मनोरन्जन
IVF New Banner

म त जिरोबाट हिँडेको मानिस हो,फिल्म नै नआएपनि मलाई मतलब नै छैन : बिजय बराल

काठमाडौं :

अभिनेता बिजय बराल कहिले दयाहाङ राईको साइडमा त कहिले कुन कलाकारको साइडमा अभिनय गर्दै आएका कलाकार हुन्। उनले दर्जनौ फिल्ममा साइड पात्रको भुमिका निवार्ह गरे। उनको परिचय फिल्म अनुसार फरक फरक रह्यो। दर्शकले उनलाई चिनिरहे तर अन्य कलाकारको तुलनामा कमै।
जब उनले फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’मा मुख्य भुमिका निर्वाह गरे तर उनले नेपालकै फिल्मको कमाईमा छलाङ मारे। त्यति मात्र होइन। उनले आफ्नो अरिअर नै बदले ।
नेपाली फिल्मको इतिहासमै सर्वाधिक कमाई गर्ने यो फिल्मबाट नै करिअर बदलेको विजयको अवस्था भने त्यस्तो छैन। उनलाई निर्माण टिमले गाडी दिन्छु भनेको रहेछ। तर उनले आफुलाई गाडी होइन श्रीमतीको स्कुटरको इन्जिन बनाउन १० हजार खर्चिन पुगेको बताए।
तपाईलाई पुर्णबहादुर साराङ्गीको टिमले गाडी दिने कुरा थियो पाउनु भयो भन्ने प्रश्नमा खै थाहा नभएको बताए। उनले आफुले नपाएको तर आउला भन्दै हाँसेर टारे।
फिल्ममा काम गर्दागर्दै नाटकमा आउँदाको अनुभव सुनाउँदै आफु उकालो मात्रै होइन ओरालो झर्न सक्ने मान्छे भएको बताए। उनले एक स्टेप तल झर्दा आफु २ स्टेज चढ्न सक्ने क्षमताको रहेको दाबी गरे।

Safal

उनले भने,‘कुनै उचाइमा पुगेपछि त्यहाँ शित्तलता हुन्छ, जाडो पनि हुन्छ । करिअरमा आरोह अवरोह हुन्छ नै । एकै ठाउँमा बसिराख्छु भन्ने पनि होइन । तर, झरे पनि उकालो चढ्न सक्ने मान्छे म हुँ ।’

IVF Post

नाजिर हुसेनको लेखन तथा निर्देशनमा मण्डला थिएटरमा मञ्चन हुन लागेको नाटक ‘हरि बा’को पत्रकार सम्मेलनमा बिजयले आफुलाई आफूलाई फिल्मको नै अफर नआएपनि कुनै मतलब नभएको दाबी गरे। उनी आफु फिल्ममा भन्दा बढि नाटकमा रमाउने भन्दै आफु तीन हप्ता मण्डला थिएटरमा मञ्चन हुन लागेको नाटक ‘हरि हजुरबा’मा व्यस्त हुने बताए।

पत्रकारसँग उनले भने,‘म त जिरोबाट हिँडेको मानिस हो । फिल्म नै नआएपनि मलाई मतलब नै छैन । रेकर्ड ब्रेक गरिहालियो, अब नखेलेपनि के भयो र ? नाटक नै गर्दा पनि चलिहाल्छ । बाँच्न त गाह्रो छैन । तर, विभिन्न खालको आवश्यकताको कुरा रहेछ।’

फरक फरक भुमिकामा फिल्ममा काम गरेका उनले अचानक नाटकमा फर्किएका छन्। पत्रकारले तपाई किन नाटकमा भन्ने प्रश्नमा उनले आफु कमेडियन होइन भनेर देखाउन चाहेको बताए।

‘अब म कमेडियन होइन भनेर देखाउनका लागि। कुनै पनि कुराले मानिस भावुक हुन्छ। रमाइलो गर्ने मान्छे पनि रुन्छ,’उनले हाँस्दै भने,‘पहिले पहिले विजय पर्दामा आउँदा हसाउँछ भन्ने हुन्थ्यो । अब, म कमेडियन मात्र होइन भनेर पनि देखाउन चाहन्छु।’

Leave A Reply

Your email address will not be published.