सुचना, समाचार र मनोरन्जन

साउनदेखि मंसीरसम्ममा १३ अर्ब रुपैयाँभन्दा धेरैको बिजुली निर्यात

काठमाडौं/

चालू आर्थिक वर्षको पहिलो पाँच महीनामा नेपालले १३ अर्ब चार करोड रुपैयाँको विद्युत् भारतलाई बेचेको छ । साउन, भदौ, असोज, कात्तिक र मंसीरमा देशभित्र खपत गरी बाँकी भएको एक अर्ब ७६ करोड युनिट विद्युत् भारतलाई बिक्री गरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । पाँच महीनामा भारत निर्यात गरेको विद्युत्को औसत दर प्रतियुनिट सात रुपैयाँ ३९ पैसा छ ।

विजुली निर्यातबाट आठ अर्ब १५ करोड भारु आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । प्राधिकरणले प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता अनुसार भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित नौ सय ४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ।

प्राधिकरणले यस वर्ष झन्डै ३० अर्ब रुपैयाँकोे बिद्युत बिक्री गर्ने लक्ष्य लिएकोमा असोज दोस्रो हप्ताको बाढीले विभिन्न आयोजना र प्रशारण लाइनमा क्षती पुग्दा लक्ष्य नभेटिएको बताएको छ । हिउँद लागेसँगै बिजुलीको निर्यात रोकेर आयात शुरु भएको छ ।

नदी तथा खोलानालामा पानीको बहाव घट्दा जलविद्युत् आयोजनाको उत्पादन कमी भई आयात गर्नुपरेको हो । अहिले भारतबाट छ सय मेगावाट बिजुली आयात भइरहेको कार्याकारी निर्देशक घिसिङले बताउनुभयो । अहिले भारतले बढी माग हुने समयमा बिजुली नदिंदा लोडसेडिङ भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.