
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- त्रिचन्द्रदेखि कांग्रेसको केन्द्रीय नेतृत्वसम्म : प्रविण लाल दासको उम्मेदवारी
- पल र मलिकाको केमेस्ट्रीले जित्यो दर्शकको मन,‘अचेल किन कान्छी’हिट,पर्यो ट्रेण्डिङ वानमा
- दुई दशकअघिको कथा झल्काउने सौगात मल्ल स्टारर ‘जुबा’: राजस्थानदेखि सर्लाहीसम्म छायांकन
- ‘कबड्डी ५’ मा देखिनेछ काजीको बदलिँदो रूप, दयाहाङ भन्छन्– ‘यसपटक धेरै चिजसँग सम्झौता हुन्छ’
- न्यान्सी, सुशील र रिस्ताको भावुक अवतार : फिल्म ‘अक्षरा’को ‘भाग्यले होकी’ रिलिज
- ‘छ माया छपक्कै २’ को ‘मायामा एक्सपायरी डेट हुँदैन’रिलिज,दीपक–केकीको सम्बन्धमा सनिशाको प्रवेशले बढायो कौतुहलता
- ‘१२ गाउँ’को नयाँ गीत ‘रेशमी रुमाल’ सार्वजनिक: विराज र वर्षाको जोडी चर्चामा
- चाडपर्व सुरक्षामा ५० हजार प्रहरी, सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य
- जिसस कास्कीको टोलीद्वारा अन्नपूर्णका लागत साझेदारीका योजनाको अनुगमन
- पर्वतीय दौडमा राज गुरुङ र अर्जुन गोदारलाई सम्मान गरिने
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
काठमाडौँ,
मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा सहभागी गराउनुपर्नेमा ऊर्जा क्षेत्रका जानकारहरुले बताएका छन् ।
उनीहरूले विद्युत् बजार विस्तार गर्न नयाँ कानुन आवश्यक नरहेको र विद्यमान विद्युत् ऐन, २०४९ का आधारमा निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिपत्र दिन सकिने बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपाल ९इप्पान०ले हालै ललितपुरमा आयोजना गरेको ‘नेपाल–भारत ऊर्जा व्यापारः निजी क्षेत्रका लागि अबको बाटो’ शीर्षकमा भएको छलफलमा उनीहरुले एउटा निकायबाट मात्र ठूलो परिमाणमा विद्युत् व्यापार सम्भव नहुने भन्दै प्रतिस्पर्धात्मक विद्युत् बजारका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउनुपर्नेमा जोड दिएका हुन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मुलुकको अपार जलस्रोतको विद्युत् उत्पादनमा अधिकतम उपयोग गर्दै देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउने सरकार क्रियाशील रहेको बताउनुभयो । उहाँले यसका लागि निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्न चाहन्छ भन्नुभयो ।

मन्त्री श्रेष्ठका अनुसार गत आर्थिक वर्षमा विद्युत् निर्यातबाट रु २९ अर्ब ३२ करोड आर्जन भएको तथा रु १८ अर्बभन्दा बढी खुद बचत भएको छ । अब पूर्वानुमानयोग्य नीति, सक्षम नियमन, निजी क्षेत्रको सहभागिता र प्रभावकारी ऊर्जा कूटनीतिमार्फत मुलुकलाई वर्षभरि विश्वसनीय विद्युत् निर्यातकर्ता बनाइनेछ ।
पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिपत्र दिने सम्बन्धमा विगतमा कानुन तर्जुमा गरिएको भए पनि सरकार परिवर्तनका कारण निर्णय हुन नसकेको बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक प्रबल अधिकारीले विद्यमान ऐनमा उत्पादित विद्युत् बिक्री तथा आयातसम्बन्धी व्यवस्था रहेकाले त्यसकै आधारमा निजी क्षेत्रलाई व्यापारको अनुमतिपत्र दिन सकिने बताउनुभयो ।
विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले आफ्नो उत्पादनका लागि ग्राहक खोज्न सक्ने प्रावधानयुक्त खुला पहुँचसम्बन्धी निर्देशिका जारी गर्ने तयारीमा आयोग रहेको जानकारी दिनुभयो ।
इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेशले ऊर्जा क्षेत्रमा अवसर सिर्जना हुने बताउनुभयो भने इप्पानका पूर्वउपाध्यक्ष आशिष गर्गले निजी क्षेत्र विद्युत् खरिद–बिक्रीका लागि तयार रहेको बताउनुभयो ।