सुचना, समाचार र मनोरन्जन
Pdms

‘जदौ’ मा मुकुन,नीति र ऋचा पछि बिनोदको इन्ट्री

काठमाडौं :

काजी लिम्बूको निर्देशनमा बन्न लागेको फिल्म ‘जदौ’मा कलाकारको लाइनअप बलियो हुँदै गएको छ। यस फिल्मका लागि निर्माण टिमले अर्का अब्बल अभिनेता बिनोद न्यौपानेलाई अनुबन्ध गरेको छ।

अन्तरजातीय प्रेमसम्बन्धको कथामा निर्माण हुने सामाजिक फिल्ममा यसअघि नै मुकुन भुसाल,नीति शाह र ऋचा शर्मा अनुबन्धीत भइसकेका छन्। जस्तोसुकै भूमिकामा पनि आफुलाई निकै अब्बलताका साथ प्रस्तुत गर्न सक्ने क्षमतायुक्त अभिनेता बिनोदले ’जदौझ को हिस्सा बन्न पाउदा प्रफुल्लता ब्यक्त गरेका छ्न ।

काजी लिम्बूको लेखन रहेको फिल्म ’जदौझ सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गर्दैछ। फिल्मको सहनिर्मातामा रामराजा सुवेदी,ओम चेम्जोङ,शान्ता तामाङ र नारायण शास्त्री छन्। बुद्धि माझीको निर्माण ब्यबस्थापन रहेको फिल्मको छायांकन भदौ पहिलो साताबाट हुनेछ। निर्माण ब्यानर सिल्भर स्क्रीनकी प्रबन्ध निर्देशक बिमला भण्डारीले फिल्मका निर्देशक र बाँकी कलाकार,प्राबिधीक बारे केही दिनमै बिस्तृत जानकारी दिइने बताएकी छिन। फिल्मको छायांकन दाङ र प्युठानका विभिन्न स्थानमा खिचीने फिल्ममा बाबुल गिरीको संगीत छ ।

Leave A Reply

Your email address will not be published.