सुचना, समाचार र मनोरन्जन

१३ वर्षपछि फिल्मको सुटिङमा फर्किएकी विपना थापा, जब मेकअप गर्दागर्दै रुन थालिन्

काठमाडौं :

एक दशक अघि नेपाली फिल्ममा गर्विलो उपस्थिति जनाएकी अभिनेत्री विपना थापा १३ वर्षपछि पुन फर्किएकी छन। विवाह बन्धनमा बाँधिएर सन्तान भएपछि अभिनयबाट ओझेल रहेकी अभिनेत्री थापा फिल्म ‘ह्रस्व दीर्घ’बाट कमब्याक गरेकी हुन्।

लामो समय पछि अभिनयमा फर्किएकी विपनाले अभिनय गर्न सक्छु कि सक्दिन भन्दै आफ्ना भावनाहरु सामाजिक सञ्जालमा पोखेकी थिइन्। बिहानै सामाजिक सञ्जाल फेसबुकमा आफ फिल्मको छायांकनका लागि विहानै उठेको र आजको सुटिङमा अभिनय गर्न सक्छु कि सक्दिन भन्दै आफ्ना भावनाहरु पोखेकी थिइन्।

Chaka Panja

‘सुटिङको पहिलो दिन भएकाले डर लागिरहेको छ । केही फरक महसुस भैरहेको छ,’उनले भनेकी छन्,‘पहिलो फिल्म ‘जन्मभूमि’मा काम गर्ने बेलाको महसुस गरिरहेकी छु । कसरी गर्ने र के गर्ने भन्ने भैरहेको छ ।’

विपनाले फिल्म ‘ह्रस्व दीर्घ’को स्क्रिप्ट नै नसुनी काम गर्न तयार भएको आफ्नो कुरा राखेकी छन्।

उनी भन्छिन्,‘धेरै अगाडिदेखि मलाई फिल्ममा काम गर्न मन लागिरहेको थियो । राम्रो फिल्मबाट प्रस्ताव आए गर्छु भनेरै बसिरहेको थिएँ । नीता ढुंगानाले राम्रो क्यारेक्टर छ भनेपछि मैले स्टोरी नै नसुनी गर्छु भनेकी थिएँ ।’

यस अघि विपना र नीताले फिल्म ‘मितिनी’मासँगै काम गरेका थिए। फिल्मलाई जोतिष हरिहर अधिकारी र नीता ढुङ्गाना मिलेर बनाइरहेका छन्।

Leave A Reply

Your email address will not be published.