सुचना, समाचार र मनोरन्जन

टेम्पल बेल बुटिक रिसोर्टद्वारा बाढी प्रभावितलाई एक लाख भन्दा बढी सहयोग

पोखरा,

पोखरामा रहेको टेम्पल बेल बुटिक रिसोर्ट प्रालिले बाढी, पहिरो तथा प्राकृतिक विपद्बाट प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि आर्थिक सहयोग गरेको छ ।

रिसोर्टका सञ्चालक तथा रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेबान) पोखराका अध्यक्ष विश्वराज पौडेल तथा उनका भाइ भीष्मराज पौडेलले १ लाख ५ हजार ५५५ रुपैयाँ उपलब्ध गराएका हुन् ।

रेबान पोखराले गरेको सहयोग संकलनमार्फत रिसोर्टले सो रकम सहयोग गरेको हो । सहयोग रकम मंगलबार कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई हस्तान्तरण गरिएको रेवानले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.