कार्यक्रममा सहभागी पाहुनाका लागि असीमित गाला डिनर, विविध परिकारसहितको फुड एन्ड बेभरेज सेवा तथा परिवार, कर्पोरेट समूह र पर्यटकलाई लक्षित विशेष आतिथ्य व्यवस्था गरिएको छ। होटल व्यवस्थापनका अनुसार गठ्ठाघर क्षेत्रलाई नयाँ पर्यटन तथा लाइफ स्टाइल हबका रूपमा विकास गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको हो । कोटेश्वरबाट करिब पाँच मिनेटको दूरीमा अवस्थित होटल सहज पहुँचका कारण पनि आकर्षणको केन्द्र बन्दै गएको छ।
होटलमा करिब २५० जना अट्ने क्षमताको रेष्टुरेन्ट, खुला आँगन (कर्टयार्ड), टेरेस, निजी डाइनिङ स्पेस तथा विभिन्न कार्यक्रमका लागि उपयुक्त २००० जना अट्ने बलरुम साथै सेमिनारका लागी ३००० जना अट्ने हलको सुविधा उपलब्ध छ। यसले विवाह, पार्टी, कर्पोरेट मिटिङ, सम्मेलनका कार्यक्रमका लागि एकीकृत गन्तव्यका रूपमा सेवा दिने लक्ष्य लिएको छ।