सुचना, समाचार र मनोरन्जन

अमेरिकी दुतावास नेपालका भिसा प्रमुखसँग बोर्ड अध्यक्षको भेटघाट

काठमाडौं :

चलचित्र विकास बोर्डको अध्यक्ष भएपछि दिनेश डिसीले उल्लेख्य मात्रामा काम गरेका छन्। नेपाली फिल्मकै बजार विस्तारको बारेमा सोचिरहेका र काम गरिरहेका अध्यक्ष डिसीले अमेरिकी दुतावास नेपालका भिसा प्रमुख ग्रेगोरी डी.सिम्किससँग भेटघाट गर्दै नेपाली फिल्मको वर्तमान अवस्था, नेपाल तथा अमेरिकामा आयोजना हुने फिल्मका अवार्ड एवं सम्मान समारोहका बारेमा छलफल गरेका छन्।

उनले शनिबार दुतावाससँगको भेटघाट गरेको जाकारी दिदै नेपालमा भई आएको फिल्म अवार्डको फिल्म र विजेताको छनोट प्रकृया, त्यस्को विश्वसनियता र कलाकारहरुले प्राप्त गर्ने सिफारिश पत्रको आधिकारिकता तथा फिल्मकर्मीहरूको अमेरिका भिसा सम्बन्धी विषयमा छलफल गरेका छन्।

Leave A Reply

Your email address will not be published.