सुचना, समाचार र मनोरन्जन

श्रीमानलाई गाली नगरिदिन एलिनाको आग्रह

काठमाडौं :

शुक्रबार जिल्ला अदालत काठमाडौंमा श्रीमान विष्णु सापकोटासँग सम्बन्धविच्छेदको मुद्धा दायर गरेको भोली पल्ट आफ्ना भनाई पुष्टि गरेकी छन्। उनले शनिबार टिकटक तथा फेसबुकमार्फत चौहानले अनुभवबाट सिकेर नयाँ जिन्दगी सुरुवात गर्न चाहेको बताएकी छन्।

उनले आफूहरू दुईजना र परिवारले नै सोचेरै सम्बन्धविच्छेद गर्ने निर्णय लिएको उल्लेख गरेकी छन्। उनले भनेकी छन्,‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुन्न । सात जुनीसम्म हुन्छ भनेर गरेको हुन्छ’ उनले भनेकी छन्, ‘बाबुआमाले पनि मुटु फुटाएर डिभोर्स होस् भन्ने चाहँदैनन्।’

उनले थप भनेकी छन्,‘यो निर्णय सोचेर लिएको हुँ । दुईजनाले सोचेर र परिवारबीच सल्लाह गरेर लिएको निर्णय हो । कतिपय कुरा इच्छाभन्दा पनि जरुरी भएर हुने रहेछ । मनमुटाव हुँदाहुँदै भोलि दुर्घटना भयो भने के गर्ने ? समय बित्ददै जाँदा सहन सकिन । उहाँका अपेक्षा मैले पुरा गर्न सकिन।’

उनीहरुबीचको सम्बन्धमा दरार आएपछि उनका श्रीमानलाई सामाजिक सञ्जालमार्फत खुबै गाली आएको थियो। उनले आफुलाई भन्दा बढि माया गरेको मान्छेलाई गाली गर्दा पिडा भएको बताएकी छन्। उनी भन्छिन्,‘आफूले माया गरेको मान्छेलाइ गाली गर्दा आफूले गाली खाएको भन्दा धेरै पीडा हुने रहेछ । मलाई यो समयमा साथ दिनूस तर उहाँलाई नराम्रो नभन्नुहोला । गाली नगर्नुहोला । मैले आफै जिन्दगी बिगारेको हो । उहाँले पनि म कलाकार हो भन्ने थाहा पाउँदा पाउँदै विवाह गर्नुभएको हो।’

उनले आफ्नो निजी कुरालाई कमाइ खाने भाँडो नबनाउन आग्रह गर्दै मजाकको पात्र नबनाईदिन आग्रह गरेकी छन्। निकै बेर आफ्ना भनाई राखेकी उनले ‘आफ्नो चेली छोरीलाई सम्झनुहोला । यो कुरालाई इग्नोर गरेर अघि बढेको राम्रो हुन्छ । अरु मसँग केही बोल्न शब्द छैनन्। भन्दै सबैमा अनुरोध समेत गरेकी छन्।

Leave A Reply

Your email address will not be published.