सुचना, समाचार र मनोरन्जन

दर्शकबाट कलाकारसँग ‘एक्टर : टेक टु’को माग, शनिवार ३ सय ३० स्क्रिनमा प्रदर्शन

काठमाडौं :

शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘एक्टर : टेक वन’ले देशैभरको ३ सय ३० हलमा प्रदर्शन भएको छ। हलमा आएका दर्शकबाट फिल्मले गजबको प्रतिक्रिया प्राप्त गरिरहेको छ । शुक्रवार साँझदेखि गति लिएको यो फिल्मले शनिवार बिहानैदेखि उत्कृष्ट प्रतिक्रियासँगै दर्शकको साथ पाइरहेको निर्माण पक्षले जानकारी दिएका छन्।

Pach Pandav

शनिवार पनि अभिनेताहरू प्रदिप खड्का, राजबल्लभ कोइराला तथा अभिनेत्री दिव्या रायमाझी फिल्म हलहरूमा दर्शक भेट्न पुगिरहेका छन्। हलमा पुग्दा दर्शकले व्यापक तारिफ गर्दै प्रेम दर्शाइरहेका छन्। शनिवार दिउँसो ललितपुरको पुलचोकमा रहेको क्युएफएक्स सिनेमा हलमा पुग्दा दर्शकले भाग दुईको माग गरेका थिए।

फिल्मको अन्त्यमा आकस्मिक रूपमा कलाकारहरू हल छिरेपछि दर्शकले ुवि वान्ट टेक टुुको नारा लगाएका थिए। दर्शकबाट टेक टुको माग हुँदा कलाकारहरू उत्साहित बनेका थिए। सोही क्रममा उनीहरुले दर्शकसँग सेल्फी समेत खिचेका थिए।यस फिल्म हेरेका दर्शकले प्रदिप खड्काको अभिनय, राजबल्लभ कोइरालाको पुनरागमन र दिव्या रायमाझीको डेब्यु अभिनयको तारिफ भएको छ भने आना शर्माको केही वर्षपछिको अभिनयलाई रुचाइएको छ।

फिल्ममा प्रदिप, आना, दिव्या, राजबल्लभको साथमा दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौला लगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ। फिल्मको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् भने फिल्मको निर्देशक लेखक भुसालले नै गरेका छन्। यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो फिल्ममा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह(निर्माता अनीश भुसाल रहेका छन्।

Leave A Reply

Your email address will not be published.