काठमाडौं :
नेपालको सिनेपा बक्स अफिसमा भारतीय फिल्म ‘बोर्डर २’ ले २ करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ। आइतबार सिनेपा बक्सअफिसले सार्वजनिक गरेको विवरणअनुसार फिल्मले माघ १७ गते शनिबारसम्म नेपालमा २ करोड २१ लाख ९३ हजार ९१० रुपैयाँ ग्रस संकलन गरेको हो।
सन्नी देओल अभिनीत फिल्मले उक्त अवधिसम्म ‘बोर्डर २’ का ६९ हजार ६६ टिकट बिक्री भएको छ। यो फिल्म बाहेक नेपालमा प्रदर्शनरत विदेशी फिल्महरूको कमाइमा क्रिस प्राट स्टारर हलिउड फिल्म ‘मर्सी’ ले ३ लाख ३९ हजार रुपैयाँ, ‘ट्वेन्टी एट इयर्स लेटर’ को कुल कमाइ ८ लाख ७५ हजार रुपैयाँ रहेको छ।
त्यसैगरी,हलिउड फिल्म ‘द हाउसमेड’ ले १२ लाख ५२ हजार रुपैयाँ ग्रस गरेको छ। यसमा सिड्नी स्विनीले अभिनय गरेका छन्। साउथ इण्डियन प्रभास स्टारर भारतीय फिल्म ‘द राजा साब’ को नेपाल कलेक्सन भने १ करोड ७७ लाख रुपैयाँ ग्रस रहेको छ।