सुचना, समाचार र मनोरन्जन

‘आइएम जितबहादुर’ को सुटिङ पूरा, जितु नेपाल शीर्ष भूमिकामा

काठमाडौं :

हिन्दी तथा बंगाली भाषाका निर्देशक शुभेन्दु घोषको निर्देशनमा बनेको फिल्म ‘आइएम जितबहादुर’ को छायांकन पूरा भएको छ। अभिनेता जितु नेपाल ‘मुन्द्रे’ निर्मित तथा अभिनित फिल्मको अन्तिम दृश्य बिहीबार शंखमूलस्थित जितु नेपालकै रेस्टुरेन्ट ‘ए–वान क्याफे’ मा खिचिँदै छायांकन सम्पन्न गरिएको हो।

कथानुसार अवार्ड समारोहको दृश्य छायांकनसँगै फिल्मको सुटिङ सकिएको हो। उक्त दृश्यमा फिल्मकी को–एक्ट्रेस नीति शाह र अभिनेता आर्यन सिग्देल अतिथि भूमिकामा देखिएका छन्।

१५ दिनमै छायांकन सम्पन्न गरिएको फिल्मको सुटिङ सकिएसँगै इन्ड–क्ल्याप पार्टीसमेत आयोजना गरिएको थियो। छायांकन सेटमा अभिनेता जितु नेपालका फियोन्से यान्चित राणा पनि देखिएका थिए। नीति शाह र यान्चित राणाबीच फागुन ८ गते विवाह हुने तयारी रहेको बताइएको छ। यो जोडी पहिलोपटक सार्वजनिक रूपमा एकसाथ देखिएको हो।

फिल्ममा प्रियंका कार्की र वर्षा राउतको पनि अभिनय रहेको छ। नेपाली कलाकारको संघर्ष र सफलताको कथावस्तुमा आधारित फिल्मको कथा आंशिक रूपमा अभिनेता जितु नेपालको जीवनसँग प्रेरित रहेको निर्माण पक्षले जनाएको छ।

Leave A Reply

Your email address will not be published.