सुचना, समाचार र मनोरन्जन

सीमा क्षेत्रमा कडाइ, अवैध प्रवेशमा निगरानी

सिरहा : जिल्ला प्रशासन कार्यालय सिरहाले सीमावर्ती नाकाबाट परिचय नखुलेका र शङ्कास्पद व्यक्तिको अवैध प्रवेश रोक्न थालेको छ । प्रशासनले आज एक सूचना जारी गर्दै सीमा क्षेत्रमा सुरक्षा निकायबाट सुरक्षा व्यवस्थालाई थप बलियो पारिएको जनाएको हो ।

 

सीमावर्ती नाकाबाट परिचय नखुलेका शङ्कास्पद् व्यक्ति अवैध ढङ्गबाट यस जिल्लामा प्रवेश गर्न सक्ने हुँदा सीमावर्ती क्षेत्रमा सुरक्षा निकायबाट जाँचमा कडाइ गरिएको छ”, सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जारी गरेको सूचनामा उल्लेख छ, “आमनागरिक, व्यवसायी र समुदायलाई सजग रहन र यदि कुनै अपरिचित व्यक्ति वा समूह देखापरेमा नजिकको सुरक्षा निकायलाई जानकारी दिनको लागि आग्रह छ ।”

 

कार्यालयले कुनै पनि परिचय नखुलेका अपरिचित व्यक्तिलाई समुदायमा बसोबास गर्न नदिन र कुनै पनि कामकाजमा संलग्न नगर्न नगराउन पनि अनुरोध गरेको छ ।

 

जिल्लासँग नेपालभारतबिच करिब ४० किलोमिटर लामो सीमा जोडिएको छ ।

Leave A Reply

Your email address will not be published.