सुचना, समाचार र मनोरन्जन

मन्त्रीहरूले आज बजेटमा उठेका प्रश्नको जवाफ दिने

काठमाडौँ,

प्रतिनिधि सभाको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा मन्त्रीहरूले बजेटमा उठेका प्रश्नको जवाफ दिँदैछन् ।

यही असार ५ गतेदेखि सभामा बजेटको मन्त्रालयगत छलफल सुरु भएको थियो । विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण मन्त्रीहरूले आजबाट दिनेछन् ।

यस अन्तर्गत आज वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का, रक्षा मन्त्री मानवीर राई, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले जवाफ दिँदैछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पनि जवाफ दिने सम्भावित कार्यसूची छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदार भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानी मन्त्री प्रदीप यादव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले पनि जवाफ दिने कार्यक्रम छ ।

परराष्ट्र मन्त्री डा. आरजु राणा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, गृह मन्त्री रमेश लेखक, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पनि जवाफ दिने सम्भावित कार्यसूची छ ।

मन्त्रीहरूले बजेटको मन्त्रालयगत शिर्षकमा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।

Leave A Reply

Your email address will not be published.