सुचना, समाचार र मनोरन्जन

संघीय संसद्को बजेट अधिवेशन सुरु

काठमाडौँ/

संघीय संसद्को बजेट अधिवेशन सुरु भएको छ । संघीय संसद् अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक सुचारु भएका हुन् ।

प्रतिनिधिसभा बैठकमा आज दलका नेताहरूले धारणा राख्ने भएका छन् । बजेट अधिवेशनको पहिलो दिन दलीय आधारमा नेताहरूले धारणा राख्ने कार्यसूची संघीय संसद् सचिवालयले सार्वजनिक गरेको छ ।

त्यस्तै आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची छ ।

Leave A Reply

Your email address will not be published.