सुचना, समाचार र मनोरन्जन

मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक

काठमाडौँ,

मन्त्रिपरिषद्को बैठकले विभिन्न ४ वटा निर्णयहरू गरेको छ। शिक्षा मन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले मंगलबार बसेको बैठकले कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा ऊर्जा क्षेत्रको विकासका लागि महत्त्वपूर्ण मानिएका चारवटा जलविद्युत् आयोजनाहरूलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिए ।

यसअन्तर्गत तल्लो अरुण, तल्लो न्यादी खोला, भुन्छा खोला र तादी खोला जलविद्युत् आयोजनाहरूले अब वन क्षेत्र प्रयोग गर्न पाउने उनको भनाइ छ ।

यस्तै सामान्य प्रशासन मन्त्रालयबाट आएको निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली २०८१ लाई पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। यसैगरी, लामो समयदेखि विवादमा रहेको नेपाल रेडक्रस सोसाइटीको व्यवस्थापनका लागि विशाल कुमार भण्डारीको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले बताए ।

बैठकले पूर्व गृह मन्त्री एवम् प्रतिनिधि सभा सदस्य सुदन गुरुङको सम्बन्धमा गठित अध्ययन तथा छानबिन समितिले पेस गरेको प्रतिवेदनलाई समेत ग्रहण गरेको छ। प्रतिवेदनको कार्यान्वयनबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ुअहिले फाइल ग्रहण गर्ने निर्णय भएको छ, अब यसको अध्ययन गरेर आवश्यक निर्णय लिइनेछ।

उनले अर्को प्रसंगमा काठमाडौँमा मेट्रो र मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको र त्रिभुवन विश्वविद्यालयको बजेटमा कुनै पनि कटौती नहुने स्पष्ट पारे ।

Leave A Reply

Your email address will not be published.