सुचना, समाचार र मनोरन्जन

भदौ १९ बाट असोज १६ गते पुग्यो ‘चंगुल’

काठमाडौं :

आगामी भदौ १९ गते बाट प्रर्दशनमा आउने भनिएको फिल्म ‘चंगुल’ अन्तत सरेको छ। फिल्मको प्राविधिक काम समयमा नसकिने देखिएपछि निर्माण टिमले आगामी असोज १६लाई प्रदर्शन मिति सारेको हो। जेनजी आन्दोलन र त्यसअघि र पछिको अवस्थालाइ चित्रण गरिएको यो फिल्मलाई मालती कार्कीले निर्माण गरेकी हुन्।

राम गौतमको निर्देशन रहेको यस फिल्मले भ्रष्टाचारको कारण थिलथिलो भएको देश र त्यसपछिको युवा जागरणलार्इ फिल्मको पर्दामा उतारिएको निर्माण पक्षदे जानकारी दिएको छ। निर्माण पक्षका अनुसार यो फिल्मले गत वर्ष भदौ २३ र २४ को आन्दोलन र त्यहि आन्दोलनमा ज्यान गुमाउने जेनजी आन्दोलनका सहिदहरुको सम्झना स्वरुप निर्माण गरिएको हो।

यस फिल्ममा लय संग्रौला,रवि कार्की,लक्ष्मीनाथ तिमिल्सिना, राकेश कुमार राई, आशा विश्वकर्मा,स्वस्तिका लामिछाने लगायतका कलाकारको अभिनय रहेको छ। यस फिल्ममा बालकलाकार रिम्शा कार्कीको पनि अभिनय रहेको छ। यस फिल्मका गीतमा विपिन आचार्यको,नन्दनी अधिकारी तथा बिक्रम कार्कीको संगीत रहेको छ भने देब महर्जनको द्वन्द्व दिपेन बस्न्यातको छायाङ्कन सम्पादन रहेको छ।

Leave A Reply

Your email address will not be published.