काठमाडौँ :
चलचित्र चंगुलको टिजर सार्वजनिक भएको छ। नयाँ बानेश्वर स्थित बिरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र अर्थात पुरानो संसद भवनमा आयोजित जेन्जी सहिद स्मृती सभामा चलचित्र चंगुलको टिजर सार्वजनिक गरिएको हो।
गृहमन्त्रि सुधन गुरुङ , कानुन मन्त्रि सोबिता गौतम , भुमि ब्यवस्था तथा संघिय मामिला तथा सामान्य प्रशाशन मन्त्रि प्रतिभा रावल , पूर्वाधार बिकाश मन्त्री सुनिल लम्साल लगायतका मन्त्रिहरुको उपस्थिति रहेको उक्त भव्य कार्यक्रममा चलचित्रको टिजर सार्वजनिक हुँदा उपस्थित सबैले चलचित्रको प्रसंसा गरेको थिए।
गत बर्ष भाद्र २३ गते भएको जेन्जी आन्दोलन र त्यस पछिको अवस्थालाइ चलचित्रमा देखाइएको छ । चलचित्र असोज १६ गते बाट प्रर्दशनमा आउदैछ । मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगानालगायतका कलाकारको अभिनय छ।
चलचित्रमा बालकलाकार रिम्शा कार्कीको समेत अभिनय छ। चलचित्रका गीतमा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत छ । त्यस्तै, देव महर्जनले द्वन्द्व निर्देशन छ भने छायांकन तथा सम्पादन दीपेन बस्न्यातको रहेको छ।