काठमाडौँ :
अशोज १६ गतेबाट हलमा लाग्ने फिल्म ‘चंगुल’को ट्रेलर सार्वजनिक गरिएको छ। ओएसआर डिजिटल को यूटुवबाट फिल्मको ट्रेलर सार्वजनिक भएको हो। ट्रेलरमा चंगुलले देशको राजनितिक परिवर्तनको बारे ससक्त कथा बोकेको देखाएको छ।

केहि दिन अघि टिजर पनि जेन्जी स्मृती सभाको भव्य मन्चबाट सार्वजनिक गरिएको थियो। फिल्म रिलिज मिति सार्वजनिक संगै चलचित्रको नाफाको केहि हिस्सा घाइते जेन्जी नेपाल लाइ दिने तथा बाढिपिडित सहयोगार्थ पनि छुट्याउने भनेर फिल्म चंगुल टिमले बताउदै आएको छ। मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको फिल्ममा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगानालगायतका कलाकारको अभिनय छ। फिल्ममा बालकलाकार रिम्शा कार्कीको समेत अभिनय छ।
फिल्मका गीतमा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत छ। त्यस्तै,देव महर्जनले द्वन्द्व निर्देशन छ भने छायांकन तथा सम्पादन दीपेन बस्न्यातको रहेको छ।