सुचना, समाचार र मनोरन्जन

गायिका उषा मलाहाको ‘चट्टै परेर’

काठमाडौं :

नारी पर्व नजिकिदै गर्दा नेपाली मौलिक तीज संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित लोकप्रिय गायिका उषा मलाहा ‘सिम्रन’को नयाँ तिज गीत ‘चट्टै परेर’ सार्वजनिक भएको छ । गीत गायिकाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

Chaka Panja

आधुनिकताको प्रभावसँगै मौलिक तिज गीत तथा परम्परागत संस्कृति ओझेलमा पर्दै गएको अवस्थामा सार्वजनिक गरिएको यस गीतले तीजको वास्तविक भावना, माइतीको माया, साथी संगीको सम्झना तथा यादहरूलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ।

शब्द डीपी खनाल, संगीत देबेन्द्र बराल, एरेन्ज विश्व अधिकारी, मिक्स/मास्टरिङ्ग किशोर थापा, रेकर्डिष्ट सुवास सिन्चुरी (एसएम स्टुडियो, अमेरिका), छायांकन दिनेश पराजुली, सम्पादन विवेक सुनारको रहेको गीतको भिडियोमा नेपाली समाजको मौलिक संस्कृति र तीजको महत्वलाई ठेट नेपाली शब्द तथा भावनामार्फत प्रस्तुत गरेको छ। सुनिशा बजगाईं, सुशीला थापा लगायतको अभिनय रहेको भिडियोका कोरियोग्राफर रोशन विश्वकर्मा, निर्देशन शान थापाले गर्नु भएको हो ।

Leave A Reply

Your email address will not be published.