सुचना, समाचार र मनोरन्जन

चौधरी ग्रुपले एक वर्षमा तिर्‍यो साढे २५ अर्ब कर

चौधरी ग्रुप (सीजी) ले गत आर्थिक वर्ष २०८१÷८२ मा सरकारलाई २५ अर्ब ५९ करोड रुपैयाँ बराबर कर तिरेको छ । जुन कूल राजस्वको २ प्रतिशत हाराहारी हुने ग्रुपले जनाएको छ ।

राजनीतिक अस्थिरता, सुस्त आर्थिक गतिविधि तथा चुनौतीपूर्ण लगानीको पृष्ठभूमिमा पनि सीजीले सरकारको राजस्वमा उल्लेखनीय योगदान पुर्‍याएको जनाएको छ ।

अघिल्लो आव २०८०÷८१ मा १८ अर्ब ५२ करोड रुपैयाँ कर तिरेको सीजीले यस वर्ष ७ अर्ब बढी कर राज्य ढुकुटीमा दाखिला गरेको हो । यसले सीजीको लगानी वृद्धिदर तीव्र गतिमा रहेको प्रष्ट हुनेसमेत कम्पनीको भनाइ छ ।

सीजीले पछिल्लो ५ वर्षमा सरकारलाई ९२ अर्ब २६ करोड रुपैयाँ बराबर कर तिरेको छ । सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीका अनुसार ग्रुपले स्थापित तथा नयाँ दुवै व्यवसाय विस्तार मार्फत राजस्व योगदान बढाउँदै लगिरहेको छ ।

Leave A Reply

Your email address will not be published.