सुचना, समाचार र मनोरन्जन

दसैंको फूलपातीमा ‘छ माया छपक्कै २’, फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ : 

नेपाली चलचित्र ‘छ माया छपक्कै २’ यस वर्षको दसैंको फूलपाती अर्थात् असोज ३१ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले शनिबार आकर्षक फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।

Protin

सार्वजनिक पोस्टरमा दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराई फरक र रोचक अवतारमा देखिएका छन्। पोस्टरको प्रस्तुतिले पारिवारिक सम्बन्ध, प्रेम र वैवाहिक जीवनका उतारचढावलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरिने संकेत गरेको छ।

दीपेन्द्र लामाको निर्देशनमा बनेको चलचित्रमा निर्मल शर्मा, कर्मा शाक्य, जितु नेपाल, रिहान गिरी र रवीन्द्र झालगायत कलाकारको समेत अभिनय रहेको छ। चलचित्रको निर्माण रोहित अधिकारीले गरेका हुन् भने लेखन दीपकराज गिरीको रहेको छ। दसैंको उत्सवसँगै नेपाली दर्शकलाई हाँसो, भावना र पारिवारिक मनोरञ्जनको नयाँ स्वाद दिने तयारीमा रहेको ‘छ माया छपक्कै २’ को सम्पूर्ण टिमलाई सफलताको हार्दिक शुभकामना।

Leave A Reply

Your email address will not be published.